जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

11

कञ्चनपुर । भीमदत्त नगरपालिका-२ उल्टाखामस्थित लक्ष्मी चन्दको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने २५ वर्षीय घनश्याम जोशी समेत १२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १५ हजार ६ सय १५ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here