काठमाडौं । चन्द्रागिरी नगरपालिका-१ बस्ने ३२ वर्षीय राजेन्द्र श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ९ लाख ४ हजार रूपैयाँ बराबरको धनमाल शनिबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















