फोहोर व्यवस्थापनको लागि फिल्डमै खटिए उर्जा मन्त्री

8

काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङ आज काठमाडौंको फोहोर व्यवस्थापनको लागि फिल्डमै खटिएका छन् । उनी काठमाडौंको फोहोर बिर्सजनस्थल बञ्चरेडाँडा पुगेर स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूसँग छलफल गरेका हुन् ।

सो छलफलमा मन्त्री घिसिङले सरकारले गर्नसक्ने कामहरू १५ दिनभित्रै पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् । स्थानीय जनप्रतिनिधिहरुलाई छलफलको लागि आजै काठमाडौं बोलाईएको छ । आज अपरान्ह सिंहदरबारस्थित् मन्त्रालयमा हुने छलफलमा ठोस सहमति हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here