नाउपासहित दल दर्ता हुनेकाे संख्या पाँच पुग्याे

9

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपाल निर्वाचन आयोगमा दर्ता भएपछि दलको संख्या पाँच पुगेको छ । 

कवीर सोप अध्यक्ष रहेको र चुनाव चिन्ह जाँतो रहेको पार्टीले १३ कात्तिकमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । आयोगले दर्ता गरेर दल दर्ताको प्रमाणपत्र दिएको हो ।

योसँगै जेनजी आन्दोलनपछि दर्ता हुने दलको संख्या पाँच पुगेको छ । यसअघि हर्क साम्पाङको श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी र सीके राउतको जनमतबाट विभाजन भएको जनस्वराज पार्टी दर्ता भइसकेका छन् ।

आयोगका अनुसार कुल दर्ता दलको संख्या १२६ छ । नयाँ दर्ताका लागि निवेदन दिने दलको संख्या २९ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here