काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि थप गर्न निर्वाचन आयोगसँग माग गरेका छन् ।
बिहीबार भिडियो वक्तव्य जारी गर्दै पौडेलले भने, ‘नाम दर्ता गर्ने स्थानको सेवा छिटो छरितो छैन । फोटो खिचाउन लामो लाइन बस्दा पनि पालो नआएर फर्कनुपर्ने अवस्था देखिएको छ ।’
दर्ताको समय पनि कात्तिक मसान्तसम्म मात्र रहेकाले अहिलेकै अवस्था रहेमा जेनजी तथा अरू समूहका व्यक्तिहरू समेत छुट्ने सम्भावना देखिएकाले समय थप गर्नु आवश्यक रहेको पौडेलको धारणा छ ।


















