करिब ५४ किलोग्राम गाँजा बरामद

7

बारा । पचरौता नगरपालिका-३ रामनगर नहरबाट अवैध लागूऔषध गाँजा करिब ५४ किलोग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी श्रीनगर बैरीया समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ प्रदेश ०२-०३-००६ प ३६१४ नम्बरको मोटरसाइकलका चालकले मोटरसाइकल छोडी फरार भएपश्‍चात मोटरसाइकल तलासी गर्दा मोटरसाइकल पछाडी रहेको बोराबाट उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here