काठमाडौं । राष्ट्रिय परिवर्तन पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ । अध्यक्षमा राजेश पटेल रहेका छन् । पटेल गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन् ।
यो पार्टीको चुनाव चिह्न बाँसुरी रहेको छ । गत कात्तिक २ गते दल दर्ताको निवेदन दिएका दिए । सोमबार दल दर्ताको प्रमाणपत्र पाएका हुन् ।
शहीदहरूको सपना खेर जान नदिने, उनीहरूको बलिदानलाई इतिहासको पानामा मात्र सीमित नगरी व्यवहारिक परिवर्तनमा रूपान्तरण गर्ने यो पार्टीको प्रतिज्ञा छ ।
देशमा परिवर्तन आउँछु भनेर आफ्नो ज्यानसम्म अर्पण गर्ने प्रत्येक सहिदको सपना पूरा गर्ने यो पार्टीको दृढता छ । चुनावभन्दा अघि आफूहरूका प्रमुख मागहरू सुनिश्चित गराउनु पर्ने समेत उनीहरूको सर्त छ ।
‘भ्रष्टाचारविरुद्ध तत्काल ठोस कदम शुरु होस्, प्रणाली परिवर्तन गरेर प्रत्यक्ष कार्यकारी को दिशामा स्पष्ट रोडम्याप तयार होस्, सहिदहरूको रगतको सम्मान होस्, घाइतेहरूको उपचार, पुनर्स्थापना र भविष्यको ग्यारेन्टी सुनिश्चित होस् । यी नै हाम्रो प्राथमिक एजेन्डा हुन’ ब्रिफिङमा भनिएको छ ।


















