मतदाता नामावली दुरुपयोग हुन नसक्ने स्पष्ट

10

काठमाडौं ।  निर्वाचन आयोगले मतदाता नामावली अभिलेखमा कसैको पहुँच नभएको र दुरुपयोग हुन नसक्ने स्पष्ट पारेको छ।

आयोगले वेबसाइट र सूचना प्रणाली सुरक्षित रहेको र गोप्य सूचनाको सुरक्षामा कुनै समस्या नरहेको र नरहने दाबी गरेको छ।

निर्वाचन आयोगले मतदाता नामावलीसम्बन्धी सूचना कुनै पनि अनधिकृत व्यक्तिको पहुँचमा नपुगेको, नागरिकका कानूनबमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिबद्ध जनाएको छ।

सामाजिक सञ्जालहरूमा निर्वाचन आयोगको सूचना प्रणालीबाट लिइएको भनी देखाइएका पीडीएफ फाइल आयोगले विगतमा निर्वाचन प्रयोजनका लागि निर्वाचन कार्यालयहरू र राजनीतिक दलहरूलाई उपलब्ध गराइएका सामग्री भएको जनाएको छ।

ELECTION-COMMISION-STATEMENT-1763440436.jpg

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here