महिला कबड्डी विश्वकपमा नेपाली कबड्डी टोलीकाे पहिलाे जित

4

काठमाडौं । आजदेखि बंगलादेशको ढाकामा सुरु भएको महिला कबड्डी विश्वकपमा नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले विजयी सुरुवात गरेको छ ।

पुल बी मा रहेको नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा जन्जिबारलाई ५८-१६ ले पराजित गरेको हो । यसै पुल अन्तर्गत भएको अन्य खेलमा  इरानले पोल्याण्डलाई ५५-११ तथा चाइनिज ताइपेईले केन्यालाई ३८-१५ ले हरायो ।

यस्तै पुल ए मा रहेको आयोजक बंगलादेशले युगान्डालाई ४२-२२ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

महिला कबड्डी विश्वकपमा कूल ११ टोलीको सहभागिता रहेको छ । सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।  दुवै समूहका शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । नेपालले सेमिफाइनल पुग्ने लक्ष्य राखेको छ ।

नेपालले आफ्नो दोस्रो खेल मंगलबार पोल्याण्डसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here