कांग्रेसको विशेष महाधिवेशनमा ४ हजार ६ सय ३८ मतदाता कायम

17
काठमाडाैं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ४ हजार ६ सय ३८ मतदाता कायम भएका छन्।

१४औं महाधिवेशनका प्रतिनिधिहरूको कुल संख्यामध्ये मृत्यु भएका र पार्टी छाडेकाहरूको संख्या घटाएर मतदाता कायम गरिएको हो। १४औं महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता थिए। पार्टी छाड्ने र मृत्यु भएकाहरूको संख्या १ सय ५ छ।

यद्यपि विशेष महाधिवेशनमा ६३ प्रतिशत प्रतिनिधि मात्र सहभागी छन्। अहिले विशेष महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि फारम वितरण भइरहको छ।

एकातर्फ विशेष महाधिवेशनको बन्द सत्र चलिरहेको छ भने अर्कोतर्फ पदाधिकारी र केन्द्रीय सदस्य चयनक लागि मनोनयनको फारम डेस्क राखेर वितरण गर्ने काम भइरहेको छ। त्यस्तै कांग्रेसको संस्थापन पक्षसँग विशेष महाधिवेशन पक्षधहरुको वार्ता पनि चलिरहेको छ।

विशेष महाधिवेशनले एक जना सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ जना सहमहामन्त्री चयन गर्नेछ। त्यस्तै केन्द्रीय समितिको पनि निर्वाचन गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here