नेकपार रामुपाबीच एकता हुँदै

16

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सामयि नेतृत्वको समूहबीच बुधबार एकता हुँदैछ।

बुधबार दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गरी सायमि नेतृत्वको समूह र नेकपाबीच एकता हुन लागेको हो

उनीसहित मुक्ति पार्टीका केही नेताहरू, सहकारी पीडित तथा नदी किनारको मापदण्डविरूद्ध संघर्षरत नेताहरू पनि सहभागी हुन लागेका हुन्।

‘वैकल्पिक शक्ति भन्नेले सदनलाई रंगमञ्च बनाउने तयारी गरिरहेका छन्। बिना त्याग, तपश्या प्रधानमन्त्री घोषणा गरी बाँडफाँट गर्दै जानेविरूद्ध हामी एकीकृत हुँदैछौं,’ उनले भने, ‘हामीले उठाएका मुद्दा नेपाली कम्युनिस्ट पार्टीसँग मिल्ने भएकाले जान लागेका हौं।’

उनी कालिमाटी क्षेत्रका बासिन्दा हुन्।

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा उनी काठमाडौं-८ बाट चुनाव लड्ने तयारीमा छन्।

गत स्थानीय तह निर्वाचनमा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सायमिले १३ हजार ७७० मत प्राप्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here