गाजामा एक सय भन्दा बढी बालबालिकाको मृत्यु

13

एजेन्सी । गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा हवाई आक्रमणका कारण एक सय भन्दा बढी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले जनाएको छ ।

युनिसेफका प्रवक्ता जेम्स एल्डरले संयुक्त राष्ट्रसङ्घको पत्रकारहरूसँगको नियमित  साक्षातकारमा ’अक्टोबरको सुरुमा भएको युद्धविराम पछि गाजामा  एक सय भन्दा बढी बालबालिकाको मृत्यु भएको पुष्टि गर्दै त्यो युद्धविराम पछि हरेक दिन मारिने हरुमा लगभग एक जना बालबालिका रहेको जनाएका छन् ।

गाजा पट्टीमा इजरायली बमबारी निरन्तर चलिरहेको उल्लेख गर्दै उनले गाजामा मानव जीवन असहज बन्दै गरिरहेको बताए ।  मृत्यु भएका बालबालिकाहरुमा ६० जना केटाहरू र ४० केटीहरूको भएको उल्लेख गर्दै सबैको मृत्यु इजरायली सैन्य आक्रमणहरूको कारण भएको एल्डरले जनाएका छन् ।

पछिल्लो आधिकारिक तथ्यांकका अनुसार सन् २०२३ अक्टोबर– ७ देखि गाजा पट्टीमा इजरायली आक्रमणबाट मर्नेहरूको सङ्ख्या ७१ हजार ४२४ पुग्नुका साथै एक लाख ७१ हजार ३२४ घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here