काठमाडौं । झापा, बिर्तामोड नगरपालिका-१० समावेशी टोलस्थित भुतेनी खोलाको बाँधमा हाल नाम,थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, रतुवामई नगरपालिका-४ झुर्कियास्थित बाटोमा सोही ठाउँ बस्ने ४० वर्षीय सागर ताजपुरिया बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















