देउवा पक्षले गरेको आग्रह अस्वीकार

17

काठमाडौं ।  आधिकारिकता विवादलाई आइतबार नै निरुपण गर्न शेरबहादुर देउवा पक्षले गरेको आग्रहलाई सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई वैधता दिँदै गगन थापा पक्षलाई कांग्रेसको आधिकारिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षका नेताहरु सर्वोच्च अदालत पुगेका छन्।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट निवेद दर्ता गरेर आइतबार नै सुनुवाइ गरिनदिन आग्रह गरे पनि सर्वोच्च प्रशासनले भने नियमावलीले नमिल्ने जवाफ दिएको छ।

खड्काले राजनीतिक मुद्दाका रुपमा नलिइ आइतबार नै पेशी तोकर सुनुवाइ गरिदिन मुद्दा महाशाखा प्रमुख अर्जुनप्रसाद कोइरालालाई आग्रह गरे पनि उनले अस्वीकार गरेका हुन्। काइरालाले भने, ‘सर्वोच्च अदालतको नियमावली २०४९ ले यस्ता विषयमा आजै मुद्दा दर्ता गरेर तत्कालै सुनुवाइ गर्न मिल्दैन।’

देउवा पक्षले दायर पेश गरेको रिटमा अध्ययन गरेर मंगलबारका लागि पेशी तोक्ने तयारी सर्वोच्चले गरेको छ। भोलि (सोमबार) सार्वजनिक बिदा भएकाले अदालत बन्द रहने हुँदा उम्मेदवारी दर्ताकै दिन देउवा पक्षको रिटको पेशी चढ्ने भएको छ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापा र अरु पदाधिकारीलाई माघ २ गते वैधानिकता दिएको थियो। निर्वाचन आयोगले बहुमतका आधारमा विशेष महाधिवेशन र त्यसबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिएको थियो।

उक्त निर्णय बदर गर्न माग गर्दै कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरु आइतबार अदालत खुल्ने वित्तिकै सर्वोच्च पुगेका हुन्। पूर्वसभापति देउवा पक्षमा रहँदै आएका कांग्रेसका नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, एनपी साउद, रमेश लखेकसहितका नेताहरु सर्वोच्च गएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here