माइतीघरमा खोला मापदण्डविरुद्ध  प्रदर्शन

15

काठमाडौं । भूमि अधिकार संरक्षण समितिकाे आयाेजनामा आज खोला मापदण्डविरुद्ध  माइतीघरमा प्रदर्शन गरेकाे छ ।

थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध सरोकारवालाले प्रदर्शन गरेका हुन् । यसअघि नै सरोकारवालाहरूले  साे निर्णय पुनरावलोकनको माग गर्दै पटक-पटक प्रदर्शन गर्दै आएका छन् ।

हाल कायम २० मिटर छाड्नुपर्ने मापदण्डमा थप २० मिटर पनि छाड्नुपर्ने भनेर सर्वोच्चले फैसला गरेको थियो । सरोकारवालाहरुले सर्वोच्चको फैसलालाई गैरन्यायिक र गैरसंवैधानिक भनेका छन् ।
सरोकार समितिले यो फैसला गर्ने न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्मालाई महाभियोग लगाउन समेत माग गर्दै आएको थियो ।

साे फैसला कार्यान्वयन गर्न नसक्ने भन्दै सरकारका तर्फबाट तत्कालीन कानून सचिव फणीन्द्र गौतमले फैसला पुनरावलोकनको निवेदन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here