पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको निधन

13

काभ्रेपलाञ्चोक । पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको आज निधन भएको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ स्थित घरमा ८२ वर्षको उमेरमा उनको निधन भएको हो ।

आज बिहान ३ बजे निधन भएको वडाध्यक्ष मोतीलाल तामाङले जानकारी गराए । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगले थलिएका उप्रेतीलाई उनकी श्रीमतीको कोरोनाकालमा निधन भएपछि भतिजा विष्णुबहादुरले रेखदेख गर्दै आएका थिए ।

लामो समयदेखि वामपन्थी आन्दोलनमा समाहित भएका उनलाई मध्यपूर्वीय क्षेत्रमा ‘रातो बाघ’ले परिचित थिए ।

तत्कालीन समयमा सांसद हुँदै श्रमराज्यमन्त्री भएका उप्रेतीले मालेबाट एकीकृत भएपछि एमालेको राजनीति गरेका थिए ।

एमाले फुटपछि (नेकपा) माले र त्यसपछि स्वतन्त्र जीवनयाजन गरेका उनले पछिल्ला वर्षमा तत्कालीन माओवादी केन्द्रमा रही वामपन्थी आन्दोलनमा सहभागी हुँदै आएका थिए ।

काभ्रेपलाञ्चोक र विशेष गरी कोशीपूर्वको विकासमा उनको ठूलो योगदान रहेको छ । उनको आजै दोलालघाटमा दाहसंस्कार गरिने वडाध्यक्ष लामाले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here