कथानक चलचित्र  ‘कल्ली’को छायांकन सम्पन्न

19

काठमाडौं । कथानक चलचित्र  ‘कल्ली’को छायांकन सम्पन्न भएकाे छ ।

फागुन १ गते प्रदर्शन गर्ने मिति तय गरिएको यस चलचित्रकाे एउटा कीर्तिपुरकाे चोभारमा गीतको छायांकन सकेसँगै  सम्पूर्ण छायांकन सकिएको निर्माणपक्षले जानकारी गराएकाे छ ।  नायिका पूजा शर्माको आइटम डान्स २ दिन लगाएर खिच्दै फिल्मको छायांकन ६० दिनमा प्याकअप भएको निर्माता किरण नेपालीले जानकारी गराए । यस चलचित्रकाे  छायांकन जुम्लामा गरिएको हो ।

पूजाले ‘क्या राम्री’ बोलको गीतमा नृत्य गरेकी हुन् । आशिष अविरलको संगीतमा तयार भएको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको यो गीतमा सुरेन्द्र रानाको शब्द छ ।

यस गीत आफूलाई सुन्ने वित्तिकै मन परेकाले काम गरेको नायिका शर्माले बताइन् । बिहेपश्चात पूजाले यही फिल्मको गीतमा पहिलो पटक काम गरेकी हुन् । करिअरमै पहिलो पटक आइटम डान्स गर्न पाउँदा खुशी लागेको पूजाको तर्क थियो । यस गीतको भिडियोमा पूजाको साथमा नायक उत्तम प्रधान, किरण श्रेष्ठ र कलाकार सुलक्षण भारतीले नृत्य गरेका छन् ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको यो फिल्ममा लक्ष्मण सुनारको कथा र निर्देशन, महेश दवाडीको लेखन छ । यो फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री, श्याम मगरको मुख्य भूमिका रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here