किन अझै पूरा भएन सुखी नेपालीकाे सपना ?

32

प्रशान्त डंगाेल

जनता जगरुक भएर तानाशाही राणा शासन फाले।त्यसपस्चात जनतालाई गाेती बनाएर देशले धेरै व्यवस्था फेरे तर शासन  पद्धति फेरिएन्। देश परिवर्तनको निर्णायक मोडमा उभिएको बेला पनि जनताको मनमा एउटै प्रश्न घुमिरहेछ— के जनताले चुनेका उमेदवारहरू साँच्चै परिवर्तन चाहन्छन् ?

चुनाव नजिकिँदै गर्दा जनताका अपेक्षा र नेताहरूको व्यवहारबीचको दूरी झन् गहिरिँदै गएको देखिन्छ।
१) जनताको उमेदवारसँग अपेक्षा :- जनताको अपेक्षा कुनै असम्भव सपना होइन— सुशासन, जवाफदेहिता, पारदर्शिता, रोजगारी, शिक्षा, स्वास्थ्य समानता र सम्मानपूर्वक बाँच्ने अधिकार। जनताले नेता होइन, सेवक खोजिरहेका छन्। तर सत्तामा पुगेपछि उमेदवारहरू जनताबाट टाढिँदै गएको गुनासो व्यापक छ।
२) जनता समयसंगै परिवर्तन हुनुपर्छ भनेर  प्रसिक्षण दिने नेतास्वयम किन परिवर्तन हुन चाहदैनन् ? आफुकेन्द्रित राजनीति गर्न  पल्केका नेताहरुले गर्दा जनतालाई विश्व परिवेशबाट टाढा राख्न खाेजेकै हाे। विश्व तीव्र गतिमा बदलिँदै छ तर नेपाली राजनीति पुरानै सोच, पुरानै अनुहार र पुरानै प्रवृत्तिमा अड्किएको छ। सत्ता र स्वार्थको मोहले नेताहरूलाई परिवर्तनविरोधी बनाएको नेपाली जनता र विश्लेषकहरूको भनाइ छ।
३) विश्व एआई र अन्तरिक्ष युगमा दगुरिरहदा नेपाली झिनामसिना कामका लागि लाइन बस्न बाध्य किन? जब विश्व कृत्रिम बुद्धिमत्ता, अन्तरिक्ष र ब्रह्माण्डको अनुसन्धानमा व्यस्त छ, नेपाली नागरिक भने नागरिकता, लाइसेन्स, सिफारिस,शिक्षा ,स्वास्थ्य जस्ता सेवा लिनका निम्ति सयौं जनाको लाइनमा हप्ता दिन बिताउन बाध्य छन्। यो अवस्था कमजोर प्रशासन, अदुरदर्षि सरकार, नेता,योजनाविहीन शासन र राजनीतिक इच्छाशक्तिको अभावले सिर्जना गरेको जनताकाे थमाइ छ।
४) सामान् जीवनबाट उठेका  मानीस अरब,खरबपति नेता हुनुकाे राज के हाे? चप्पल, तालेको सुरुवाल–कमिज लगाएर पार्टी राजनितिमा  छिरेका केही व्यक्ति रातारात पार्टीका नेता बनेर अरब–खरबका मालिक हुनु राज्य संरचनामाथि गम्भीर प्रश्न हो। स्रोत नखुलेको सम्पत्ति, ठेक्का–दलाली,भ्रष्टाचार,कुनिती र सत्ता पहुँच यसका प्रमुख कारण मानिन्छन्।
५) नेताहरू किन यति बिघ्न स्वार्थी भए? नेताहरुकाे देशप्रेम भाषणमा मात्रै सीमित र व्यवहारमा हराएको देखिन्छ। देशभन्दा दल, दलभन्दा गुट र गुटभन्दा व्यक्तिगत फाइदा प्राथमिकतामा राखेर कार्य सम्पादन गर्ने बानीका कारण जनतामा यो शंका उब्जिएको हो।याे संका निवारण गर्न नेताले बाेलिकाे कार्यान्वयन गर्न सक्रिय हुन जरुरी छ।
६) जनतालाई माओवाद, समाजवाद, साम्यवादकाे नारा घाेकाउनेहरु तानाशाह भए! समानता र वर्गविहीन समाजको नारा लगाउने नेताहरू स्वयं विलासी जीवनशैलीमा डुब्नु सिद्धान्त र व्यवहारबीचको ठूलो विरोधाभास हो। यही कारण यी विचारधाराप्रति जनताको विश्वास कमजोर बन्दै गएको छ।
७) के सिद्धान्त केवल जनतालाई भ्रमित पार्नलाई मात्रै हाे त ? पुँजीवादी युगमा धेरै सिद्धान्तहरू नारा र भाषणमा सीमित भएर सत्ता प्राप्तिको औजार मात्र बनेका छन्। कार्यान्वयन नहुँदा ती सिद्धान्त जनतालाई भ्रमित पार्ने माध्यमजस्तै देखिन थालेका छन्।
८) समानताको नारा घन्काउनेहरू नै तानाशाह किन ? समानताको कुरा गर्नेहरू सत्तामा पुगेपछि असहिष्णु, आलोचनाविरोधी,आत्माआलाेचनाकाे बानि हराएका र केन्द्रित शक्ति संरचना निर्माणतर्फ उन्मुख हुनु लोकतन्त्रका लागि खतरनाक संकेत हो।
९) नेताहरु समानता,वर्गबिहिनताको नारा  जनतामाथि मात्रै थुपार्न तम्सिए! समानता केवल जनताको संघर्षले मात्र सम्भव हुँदैन। राज्य, नेतृत्व र प्रणाली नै समानतामुखी हुनुपर्छ। तर जब नेतृत्व नै असमानताको लाभार्थी बन्छ, तब जनताको संघर्ष एक्लो र कठिन बन्छ। निष्कर्ष आजको नेपाली राजनीति विश्वासको संकट बाट गुज्रिरहेको छ।
याे वातावरण सृजना  गर्न विश्वका खुफिया यजेन्सिहरु , NGO,INGO हरु रात दिन दगुररहेकाे नेता र जनताले नदेखेका हाेइनन्।नेपाल भित्र बिदेशीले नेपालीलाई दबाउन अनेक तिकदम गरिरहदा सरकार,राजनैतिक दल, सराेकारवाला, र नेताहरु मुकदर्शक भएर बस्ने  वातावरण कसरी सृजना भयाे ? परिवर्तनको वास्तविक चाहना जनतामा देखिन्छ, तर नेतृत्वमा देखिँदैन। आउँदै गरेकाे चुनावमा  विदेशी प्रभुकाे जयजयकार गर्ने नेताहरुलाई  जिताउन बिदेशी निकायहरु सामदाम दण्डभेद प्रयाेग गरेर फिल्डमा उत्रिएका छन् ।
याे सब देखेर पनि जेन-जि  सरकार माैन छ ?अब प्रश्न केवल नेताहरूलाई मात्रै होइन— जनताले पनि  कसलाई, किन र कस्तो नेतृत्व रोज्ने विचार गर्नु आत्यावस्यक छ।जनता  प्रलोभनमा र त्रासमा परेर भाेट नगरम । आफ्नाे विवेक काेप्रयाेग गरम। चलखेलकाेल दुस्साहस गर्नेहरुलाई कानुनि कथघरामा उभ्याउन जनता जाग्नु पर्छ भन्ने गम्भीर आत्ममन्थनको बेला आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here