प्रकाश कट्टारी, बारा
समाजमा सुरक्षाको प्रश्न उठ्नु समस्या हो । आफुलाई नपरे सम्म त्यो समस्यालाई समस्या नमान्नु अर्को ठुलो समस्या हो । केही समय पहिलको ब्यूटी पेजन्ट सहभागीको बलात्कार र जबरजस्ती गरेको घटनाले यो समस्या दुरदराजदेखि काठमाण्डौंमा समेत रहेको बुझ्न कठिन छैन । घटनमा परेको कसैले पनि छिटो न्याय नपाएमा घटनामा कमी आउँदैन बरु बढ्छ ।
नाबालिका वा महिलाको सुरक्षाका लागी भनेर खाली काठमाडौं र नेपालभरका शहरहरूमा न्यायको माग गर्दै गर्ने प्रदर्शनले यो समस्याको समाधान हुँदैन । समाजमा महिला शशक्तीकरण र समाज रुपान्तरणको कुरा गर्नेहरू नै कतिपय समयमा समस्याका जड बनेको कुरा यो तथ्यले नै बताउँछ । ब्यूटी मेजेण्ट भनेर नारी शसक्तीकरणको कुरा गर्नेबाट नै यस्ता घटना किन हुन्छन् । केही हप्ता पहिला नेपाली खेलाडीसंग जोडिएको घटनमा अभियन्ताहरू नै “मिडिया ट्रायल” को बाटोमा होमिनुले समस्या बढाउँछ कि घटाउँछ ? सायदै यो बारेमा चिन्तन भयो होला।
सुदुर पश्चिममा घटेका निर्मला पन्त र भगिरथी भट्ट घटना देखि अरु घटनाबाट समाजले पाठ सिक्नुपर्नेमा किन यस बारेमा किन अरू समाजका अगुवा नै सचेत नभएको ? यो निकै चिन्ताको कुरा हो । बलात्कार र यौन दुर्व्यवहारका छानबिनहरूमा समय सीमितताको कुरा हटाएको बिरोधमा उत्रनेहरूबाट नै समाजका बास्तबिक समस्या हुन् भनेर अब किन नबुझ्ने ?
नेपालमा गत आर्थिक वर्ष २०७८/७९ मा मात्र बलात्कारको तथ्याङ्क हेर्दा हाम्रो समाज कता जाँदैछ भन्ने कुराको लख काट्न गार्हो छैन । उक्त समयमा मात्र बलात्कार बिरुद्धको उजुरी मात्र २५३२, बलात्कार गर्ने प्रयासको उजुरी ७३५, अप्राकृतिक सम्भोगका ३६, र बाल यौन दुर्व्यवहारको २८१ थिए । तर कति जना अपराधी पक्राऊ परेका छन् र कतिले न्याय पाए भन्ने तथ्याङ्क नै प्रहरीसंग छैन । राज्य नै घटना र प्रति घटनाका कुरामा सजग हुनु पर्ने हैन र ? यो प्रश्न प्रहरी प्रशासनको मात्र हो कि गृह मन्त्रालयको पनि ? अब यस्ता कुरामा पनि छलफलको आवश्यकता छ ।
यहाँ उल्लेख भए अनुसार २०७८/७९ मा बलात्कारको उजुरी २५३२ र बलात्कार गर्ने प्रयासको उजुरी ७३५ छ । २०५३/५४ मा बलात्कार बिरुद्धको उजुरी ११२, २०७०/७१ मा ६७७ र २०७६/७७ मा यो संख्या २२३० थियो । त्यस्तै त्यसै समयमा बलात्कार गर्ने प्रयासको उजुरी क्रमश ३४, २४५ र ७८६ थियो । यी तथ्याङ्क हेर्दा बुझिन्छ नेपालमा यौन अपराध तिब्र रुपमा बढ्दो छ ।
घटनामा बृद्धि भएको कुरालाई हेर्ने हो भने पिडकले समय सीमामा त्रसाउने र धम्की दिएकै कारण बलात्कार र यौन दुर्व्यवहारबाट बचेकाहरूलाई न्यायको ढोकामा पुग्न बाट रोकेको छ । कानुनका यस्ता क्षिद्रको प्रयोग गरेर अपराधीहरूलाई सुरक्षित रहनदिनु कानुनी समाज बिरोधी काम हो ।
नेपालको संबिधानले स्तानिय तहमा अधिकार लगे पनि महिलाहरू पुरुषबाट सुरक्षित बन्न सकेका छैनन् । किन ? यो ससहजै उठ्ने प्रश्न हो । दण्ड पाउनेले नपाएकै कारण समस्या बढेको छ । अर्को तिर समयमा न्याय नपाउने कारण धेरै घटना बाहिर आउन सकेका चैनन् । नेपालको राष्ट्रिय दंड संहिताको धारा २२९ ( २ ) अनुसार बलात्कार, बलात्कार गर्ने प्रयास, वैवाहिक बलात्कार, बाल यौन दुर्व्यवहार, र यस्तो अपराधको एक बर्ष पछि यौन उत्पीडन र त्यस्तो अपराधको आयोगको ज्ञानबाट तीन महिनाको म्याद समाप्त हुन्छ ।
यौन घटनमा प्रदेश सहितको आंकडा हेर्ने हो भने २०७८/७९ मा प्रदेश १ सबै भन्दा खराब अवस्थामा छ । यो प्रदेशमा ६०२ बलत्कार र १६७ यौन कार्य गर्न प्रयास गरेको तथ्याङ्कले देखाउँछ । बलत्कार गर्ने कार्यमा बाग्मति ५२७ (उपत्यकामा मात्र २२०), लुम्बिनी ४३८, मधेश ३७५, सुदुरपश्चिम २१६, गण्डकी २०९ र कर्णालीमा १५५ रहेको छ । त्यसै समयमा यौन कार्य गर्न प्रयास गरेको प्रदेश १ पछि बाग्मति १२८ (उपत्यकामा मात्र ४०), लुम्बिनी १३४, मधेश ११५, सुदुरपश्चिम ८९, गण्डकी ५६, कर्णाली ४६ देखिन्छ ।
सडक र संसदको दबाब पछि पुलिसले कथित सौन्दर्य पेजन्ट आयोजकलाई पक्राउ गरेको छ । राष्ट्रिय दंड संहिताको सेक्शन २२९ ( २ ) ले बलात्कारलाई उनको सहमति बिना महिला वा १८ बर्ष भन्दा कम उमेरको केटी बच्चासँग यौन सम्बन्ध राख्ने पुरुषको रूपमा परिभाषित गर्दछ । यस प्रावधानले महिला वा केटीहरूलाई बलात्कार पीडित र पुरुषलाई अपराधीको रूपमा मान्यता दिन्छ ।
धारा २१ फौजदारी संहिताको मार्शल बलात्कारको लागि अधिकतम एक बर्षको सजायको लागि प्रदान गर्दछ । वयस्क महिलाको बलात्कारको लागि सजाय सात देखि दश बर्ष हो । यो कोड वैवाहिक बलात्कार र बलात्कारको बीचमा भिन्न छ, र वैवाहिक बलात्कार एक अपराध भन्दा कम छ भनेर स्थापित गर्न कोशिस गर्दछ किनकि यसमा पतिलाई अपराधीको रूपमा समावेश छ. कोडले अप्राकृतिक सेक्स परिभाषित गर्दैन ।
राष्ट्रिय दण्ड संहितामा यौन अपराध अन्तर्गत अध्यायले पीडितको उमेरमा आधारित विभिन्न सजाय प्रदान गर्दछ तर यौन दुर्व्यवहारको डिग्रीलाई बेवास्ता गर्दछ ।
सजायको यस आधारले पीडितहरूमाथिको अपराधको प्रभावलाई कम महत्त्व दिन्छ, अपराधीहरूलाई विश्वास दिलाउँदछ कि उनीहरूको अपराध ठूलो कुरा होइन ।
हामीले अब बलत्कारका कारण बारे खोज्नु नै पर्छ । लैगिक हिंसाको मुख्य कारण अपराधी र पीडित बीच विवादास्पद शक्ति सम्बन्ध हो । नेपालको समाजको ढाँचा पुरुषबादी छ । न्यायमा महिलाको पहुँच कमजोर छ । न्याय प्रक्रिया ढिला छ । समाजमा असुरक्षाका कारण कहिलेकाँही पीडितले ठिक रिपोर्ट गर्न अनिच्छुक हुनु, समाजमा पहुँचावालाको आधिपत्य हुनु नै चिन्ताको विषय हो ।
नेपालमा धेरै कानूनहरू पनि संशोधन गर्न आवश्यक छ । सीमितताको कानुन सम्बन्धी हालको प्रावधानले बलात्कारबाट बचेकाहरूको मानसिक आघातलाई सहयोग गर्दैन । केस फाइल गर्न केही समय लिने जस्ता कुराललाई ध्यान दिएर कानुनलाई तत्काल संशोधन गर्नु पर्छ । नेपालमा बलात्कारको परिभाषा निकै रूढीवादी छ । यसलाई फराकिलो बनाउनु पर्छ ।
वैवाहिक बलात्कारको सजाय बलात्कारको लागि भन्दा कम गम्भीर छ । वैवाहिक स्थिति जस्तोसुकै भए पनि एक समान हुनुपर्दछ । समस्यामा पुरुषहरू पनि पर्नु हुन्न । पीडितको उमेरमा आधारित सजायको सट्टा समान सजाय हुनुपर्दछ । शिघ्र न्याय दिने र समस्यामा परेकालाई राज्यले संरक्षण दिनु पर्छ । अन्यथा घटना घट्ने मात्र हैन दोहोरी नै रहन्छ । qattari.p99@gmail.com

















