काठमाडौं । सुकेधारामा टिप्परले ठक्कर दिँदा घाइते भएका पैदलयात्रीको शुक्रबार मृत्यु भएको छ।
गएराति सुकेधारा चोकमा प्र. २-०३-००१ ख ७०३४ नम्बरको टिप्परले ठक्कर दिँदा संखुवासभा घर भई काभ्रेस्थली बस्ने २३ वर्षीय मिलन योञ्जन घाइते भएका थिए। गम्भीर घाइते भएका मिलनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो।
उनको शुक्रबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ। प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएको छ।


















