सिराहामा गोली प्रहार गरी पुरुषको हत्या

6

काठमाडौं । सिराहामा गोली प्रहार गरी एक जना पुरुषको हत्या भएको छ।

शुक्रबार दिउँसो साढे ३ बजेतिर सिराहा नगरपालिका-७ आफ्नै खेतबारीमा ४१ वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार घटनामा गोली प्रहार भएको हो ।

घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी वासुदेव पाठकको कमाण्डमा टोली खटिएको प्रजिअ पौडेलले बताए। थप विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here