काठमाडाैं । काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित कुमारी मन्दिरको खुल्ला चौर नजिकै हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । ।
सिन्धुली, दुधौली नगरपालिका-४ स्थित झोराखानी दमार सामुदायिक वनमा सोही नगरपालिका-३ मिलन चोक बस्ने ५८ वर्षीय सन्त बहादुर घिसिङ सोमबार मृत अवस्थामा फेला परेका छन् ।
तेह्रथुम, आठराई गाउँपालिका-६ चुहानडाँडा बस्ने ६८ वर्षीय प्रेम राज तिवारी सोही गाउँपालिका-६ माझीटारस्थित तमोर नदीको किनारमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















