प्रीति राई सम्मिलित इतिहाद क्लबले दाेश्राे उपाधि जित्याे

8

एजेन्सी । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राई सम्मिलित इतिहाद क्लबले अर्को उपाधि जितेको छ।

अम्मान एफसीलाई शनिवार ५-० ले पराजित गर्दै इत्तिहादले जोर्डन कप महिला फुटबल प्रतियोगिताको उपाधि जितेको हो । इत्तिहादले दोस्रो पटक जोर्डन कपको उपाधि जितेको हो।

इतिहाद स्टेडियम (पोलो) मा भएको फाइनलमा इतिहादले सुरुदेखि नै दबाब बनाउँदै उत्कृष्ट प्रदर्शन गर्‍यो। ३५औँ मिनेटमा एनास अल-जामाइनको पासमा नायोमी एनिमाले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्।

दोस्रो हाफ सुरु भएको एक मिनेटमै एनिमाले अर्को शानदार गोल गर्दै इत्तिहादको अग्रता दोब्बर बनाइन्। ७२औँ मिनेटमा वैकल्पिक खेलाडी लिनाले गोल गर्दै टोलीको अग्रता ३-० बनाइन्।

८५औँ मिनेटमा यास्मिन सिलावीले कर्नरबाट आएको बलमा गोल गरिन्। त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा मेई स्वेल्मले पेनाल्टीमार्फत पाँचौँ गोल थपिन्। फाइनलमा प्रीतिले पहिलो रोजाइमा खेलेकी थिइन्।

इत्तिहादले गत साता प्रो लिगको उपाधि जितेको थियो।प्रीतिले आफ्नो‌ पहिलो सिजनमा इतिहादबाट २ वटा उपाधि जितेकी छिन्। उनले इतिहाससँग २ वर्षको सम्झौता गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here