चर्चित कलाकार सुनिल थापाको हृदयघातबाट मृत्यु

15

काठमाडौं । चर्चित अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइतबार बिहान उनको शव पोस्टमार्टम भएको अस्पताल स्रोतले जानकारी दिएको छ । पोस्टमार्टम रिपोर्ट अनुसार थापाको हृदयघातबाट मृत्यु भएको पाइएको स्रोतको धारणा छ ।

‘हृदयघात भएर मुटुको नसा ब्लक भएका कारण मृत्यु भएको देखिएको छ,’ एक चिकित्सकले भने । पोस्टमार्टम सकेर उनको शव अहिले अस्पतालबाट लगिएको छ । श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिने छ।

६८ वर्षीय थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो । बिहान स्वास्थ्यमा समस्या भएपछि थापालाई अस्पताल लगिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here