क्षेत्रको भविष्य सुरक्षित गर्ने अभियानमा छु : उम्मेदवार कनोडिया 

27

कपिलवस्तु ।कपिलवस्तु क्षेत्र नं  ३ मा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल तातेको छ।

यसै सन्दर्भमा कपीलवस्तु क्षेत्र नं ३ का नेकपा एमालेका  उम्मेदवार विरेन्द्र कुमार कनोडिया आफूले गरेको राजनीति पद, प्रतिष्ठा वा नाफाका लागि नभई जनताको दुःख–सुखसँग जोडिएको स्पष्ट पारेका छन। मेरो राजनीति जनताको पीडामा साथ दिने, समस्या समाधान गर्ने र क्षेत्रको भविष्य सुरक्षित गर्ने अभियान हो,” उनले बताएका छन। पुर्व मन्त्री समेत रहेका कनोडिया कपिलवस्तु ३ का मतदाताबीच केवल चुनावी समयमा देखिने नेता होइनन। स्थानीय बासिन्दाका अनुसार उनी जनताका समस्या सुन्ने, सम्भव समाधान खोज्ने र सम्बन्धित निकायसम्म आवाज पुर्याउने नेता हुन।

सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत विषयमा उहाँले निरन्तर चासो राख्दै आएको जनताको भनाइ छ।उनले यस क्षेत्रमा विकासको बहसलाई नारामा सीमित नराखी व्यवहारमा उतार्ने प्रयास गरेको दाबी गर्छन। शिक्षा क्षेत्रमा विद्यालयको अवस्था सुधार, स्वास्थ्य सेवामा पहुँच विस्तार, कृषि क्षेत्रमा सिंचाइ र बजार व्यवस्थापन, तथा युवाका लागि रोजगारी सिर्जना उहाँका प्राथमिक एजेन्डा हुन। समस्या गन्ने धेरै छन तर समाधानका लागि नेकपा एमाले   नै मात्र एउटा पार्टी छ, मैले त्यसैको अभ्यास गरेको छु।

यही कारण कपिलवस्तु ३ का जनताहरुले उहाँलाई भरोसायोग्य नेता मानेका छन। कनोडिया इमानदारी र जवाफदेहितालाई आफ्नो राजनीतिक आधार मान्छन। जनताको कर र अधिकारको सम्मान गर्दै पारदर्शी रूपमा काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै आएका छन। “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो पूँजी हो उनको भनाइ छ। स्थानीय अगुवा र बुद्धिजीवीहरू पनि कपिलवस्तु ३ लाई अब प्रयोगको थलो बनाउन नहुने बताउँछन।अनुभवी, जनतासँग जोडिएको र काम गरेर देखाएको नेतृत्व आवश्यक रहेको उनीहरूको धारणा छ, र यही सन्दर्भमा कनोडियाको नाम अगाडि आएको देखिन्छन। जनताको दुःख–सुखमै साथ दिदै राजनीति गर्ने दाबी गरेका कनोडिया जनविश्वासलाई मतमा बदल्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्नको उत्तर मतदानको दिन आउनेछ। तर अहिले कपिलवस्तु ३ मा उहाँप्रति बढ्दो समर्थनले चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here