६ वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन

15

विराटनगर ।  मोरङ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार डा शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका छन् ।

आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस बुढीगंगा गाउँपालिका वडा नं १, २, ३, ४, ६ र ७ का पार्टी कार्यालय नेता कोइरालाले उद्घाटन गरेका हुन् ।

उद्घाटनमा उनले बुढीगंगा गाउँपालिकामा पछिल्ला वर्षहरूमा उल्लेख्य विकास निर्माणका काम भएको दाबी गरे ।

उनका अनुसार पिउने पानी, सडक, स्वास्थ्य संस्था लगायतका पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको छ ।

डा कोइरालाले चुनावी सभालाई सम्बोधन गर्नुका साथै विभिन्न पेशा–व्यवसायमा आबद्ध नागरिकहरूसँग भेटघाट गर्दै मत मागिरहेका छन् । कांग्रेसले जिते मात्र लोकतन्त्र, संविधान, संसदको सर्वोच्चता तथा धार्मिक–सांस्कृतिक पहिचान जोगिने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here