देशभर एकैदिनमै चुनाव हुने

19

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ गते नै चुनाव हुने जनाएकी छन् ।

बिहीबार सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले स्थानीय पत्रकारलाई प्रतिक्रिया दिँदै देशभर एकैदिन (फागुन २१) मै चुनाव हुने जनाएकी हुन् ।

‘पुरै देशभर एकैदिन फागुन २१ मा चुनाव सम्भव छ ।  हामीले मौसमको पनि अध्ययन गरिरहेका छौ, पुरै सम्भव छ’, प्रधानमन्त्री कार्कीको भनाइ छ । कार्की बिहीबार हिमाली जिल्लामा निर्वाचनको अवस्था बुझ्न सोलुखुम्बु पुगेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here