३४ महानुभावलाई ‘विजय मल्ल नइ शताब्दी पदक’ समर्पण गरिने

13

काठमाडाैं । नइ एकेडेमीबाट नेपाली भाषा साहित्यका सुविख्यात स्रष्टा विजय मल्लको शताब्दी महोत्सवका अवसरमा विजय मल्लका सिर्जनात्मक कृतिको अध्ययनअनुसन्धानका साथै नाट्यमञ्चन तथा चलचित्र निर्माणका अतिरिक्त श्रद्धेय विजय मल्लको सिर्जनात्मक य‍ोगदानको सम्प्रसार र सम्वर्द्धनका लागि उल्लेखनीय योगदान दिएबापत ३४ महानुभावलाई ‘विजय मल्ल नइ शताब्दी पदक’ समर्पण गरिने भएको छ।

‘विजय मल्ल नइ शताब्दी पदक’बाट विभूषित हुनेहरूमा अंशुमाला शाही, कृष्ण मल्ल, प्राध्यापक केशव सुवेदी, गौतमरत्न तुलाधर, चन्द्रमाला शर्मा, चैत्यदेवी, टीका पहाडी, प्राडा दयाराम श्रेष्ठ, प्राडा देवीप्रसाद गौतम, प्राडा देवीप्रसाद सुवेदी, नगेन्द्र थापा, नारायणदेवी प्रधान, नीर शाह, प्रेमबहादुर बस्नेत, भुवन केसी, मदनदास श्रेष्ठ, प्राडा महादेव अवस्थी, मुरलीधर, रवीन्द्र खड्का, रीतादेवी प्रधान, रेणु श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, वसन्त श्रेष्ठ, महासमालोचक प्राडा वासुदेव त्रिपाठी, शकुन्तला शर्मा, शिव श्रेष्ठ, शैलेन्द्र सिम्खडा, सन्तोष पन्त, सुवर्ण क्षत्री, सुषमा शाही, हरिबहादुर थापा, हरिहर शर्मा र प्राडा हेमचन्द्र नेपाल रहेका छन्।

आउँदाे फागुन १६ गते ‘विजय मल्ल नइ शताब्दी पदक’ समर्पण गरिने भएको छ। नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ एकेडेमीको बैठकले उक्त निर्णय गरेको संस्थाका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here