आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

20

काठमाडौं ।इलाम, माईजोगमाई गाउँपालिका-१ जोरखर्क बस्ने ६६ वर्षीय दाछिरिङ तामाङको घरमा बिहीबार बेलुकी आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पाँचथर, तुम्बेवा गाउँपालिका-२ ठुम्के राईबारी बस्ने निर्मल दर्जीको गोठमा बिहीबार बेलुकी आगलागी हुँदा करिब १ लाख ६५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here