मौलिक सम्पदामाथि ‘सजिलो पुनर्निर्माण’ को प्रहार : सांस्कृतिक क्षति कि विकासको बहाना ?

26

नेपालका ऐतिहासिक बस्ती र सम्पदाहरू, जहाँ पुर्खाले वास्तुशास्त्र मिलाएर माटो, बर्जा,काचो इट्टा,पाेलेकाे इट्टा , काठ, ढुङ्गा  र झिंगटी प्रयोग गरी निर्माण गरेका संरचनाहरू थिए। अहिले पुनर्निर्माणको नाममा माटाेलाई सिमेन्टले विस्थापन , काठका ढलिंलाई सिमेन्ट र दन्दिले विस्थापन,  झिंगतिकाे छानाेलाई ढलान रजस्तापाता, पित्तलकाे छानाेले विस्थापन साथै आधुनिक धातु प्रयोग गरी परिमार्जन गरिँदैछन् ।  पुनर्निर्माण मौलिकता जोगाउने कि संरचना बलियो बनाउने भन्ने बहसलाई राजनीतिक बहसको केन्द्रमा ल्याएको छ।

अल्पकालीन बेफाइदा मौलिक स्वरूपको ह्रास – परम्परागत संरचनामा सिमेन्ट–कंक्रिटको प्रयोगले दृश्यात्मक र वास्तुकलात्मक पहिचान मेटिन्छ। पर्यटनमा असर – हाम्रो माैलिक सम्पदा नै नेपाल काे पहिचान हाे त्याे नै आकर्षण काे क्रन्द्र हो। आधुनिक ढाँचाले हाम्राे सांस्कृतिक र पर्यटन क्षेत्र कमजोर बनाउन सक्छ। स्थानीय कारीगरको विस्थापन – काठ, इट्टा, झिंगटीमा दक्ष परम्परागत कारीगरको सीप ओझेलमा पर्छ। समुदायमा असन्तोष – सम्पदा परिमार्जनले स्थानीय बासिन्दामा पहिचान गुम्ने डर बढाउँछ।

दीर्घकालीन बेफाइदा ऐतिहासिक प्रमाण नष्ट – परम्परागत प्रविधि र सामग्री इतिहासको जिउँदो प्रमाण हो; आधुनिक हस्तक्षेपले त्यो शृंखला तोड्छ। जलवायु असन्तुलन – पुराना संरचना स्थानीय हावापानीअनुसार अनुकूलित थिए; सिमेन्टले तापमान सन्तुलन बिगार्न सक्छ। भूकम्पीय जोखिमको नयाँ स्वरूप – परम्परागत लचकदार काठ–इट्टा संरचना भूकम्पमा लचकदार हुन्थे; कठोर कंक्रिट संरचना सही डिजाइन नभए जोखिमपूर्ण हुन सक्छ। सांस्कृतिक उपनिवेशवादको खतरा – अन्तर्राष्ट्रिय दातृ निकाय वा ठेकेदारको ‘मानकीकृत मोडेल’ ले स्थानीय पहिचान विस्थापित गर्न सक्छ।

राजनीतिक आयाम : विकास पहिचान सम्पदा पुनर्निर्माण केवल प्राविधिक विषय होइन, यो राजनीतिक निर्णयको विषय हो। भूकम्पपछिको पुनर्निर्माणमा दातृ निकाय, ठेकेदार र सरकारी निकायबीचको समन्वयले “छिटो र सस्तो” मोडेल रोज्दा मौलिकता दोस्रो प्राथमिकतामा परेको आरोप लाग्दै आएको छ। राज्य सरकारको भूमिका : मौलिकता संरक्षणसम्बन्धी कडा मापदण्ड लागू गर्ने। पुरातत्व विभागलाई प्राविधिक नेतृत्व दिने। परम्परागत सामग्री प्रयोगमा अनुदान तथा कर छुट दिने। स्थानीय सरकारको भूमिका : भवन संहिता र सम्पदा मापदण्ड कडाइका साथ कार्यान्वयन। स्थानीय कारीगर तालिम कार्यक्रम सञ्चालन। समुदायको सहमतिबिना संरचना परिमार्जन नगर्ने नीति। स्थानीय बासिन्दाको भूमिका : मौलिक सामग्री प्रयोगमा दबाब र जनचेतना। उपभोक्ता समितिमार्फत पारदर्शिता सुनिश्चित। सम्पदालाई ‘घर’ मात्र नभई ‘पहिचान’ का रूपमा बुझ्ने संस्कार विकास।

विकास कि विनाश? विशेषज्ञहरू भन्छन्—सम्पदा जोगाउनु भनेको केवल पुरानो जस्ताको तस्तै राख्नु होइन; सुरक्षित र दिगो बनाउँदै मौलिकता जोगाउनु हो। आधुनिक प्रविधि र परम्परागत सीपको संयोजन सम्भव छ, तर त्यसका लागि राजनीतिक इच्छाशक्ति र प्राविधिक संवेदनशीलता अनिवार्य छ। नेपालको मौलिक सम्पदा केवल इट्टा–काठको संरचना होइन; त्यो सभ्यता, सीप र सामूहिक स्मृतिको आधार हो। सजिलो पुनर्निर्माणको नाममा यदि पहिचान नै मेटिने हो भने, त्यो विकासको आवरणमा सांस्कृतिक क्षय हुन सक्छ। प्रशान्त डंगाेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here