यस्ताे छ आजपाकाे चुनावी घोषणापत्र

9

काठमाडौं । आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आम जनता पार्टी (आजपा)ले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

आजपाको घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, एक घर एक रोजगारी, निशुल्क स्वास्थ्य र शिक्षा लगाएतका बिषयलाई समावेश गरिएको छ ।

घोषणापत्र सार्वजनिक गर्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आफुलाई मधेश र पहाडको भन्दै मत माग्ने र सत्ता आरोहण गरेपनि आफ्नो स्वार्थ पुरा गर्ने प्रवृतिलाई अन्त्य गर्नुपर्ने जनाए ।

उनले यसअघिको निर्वाचनमा पुरानाले देश विगार्यो भन्दै मत माग्ने नयाँ भन्नेहरुले पनि पुरानै सरकारमा घुसेर सत्ताको स्वाद लिएको तर्क गरे ।

आफूलाई जनतालाई मूर्ख बनाउनेहरूले आज नयाँ भनेर व्याख्या गरिराख्दा चिन्ता लाग्ने गरेको भन्दै उहाले अव आफ्नो पार्टी नयाँ मुद्दाका साथ जनतामा गएको दाबी गरे । उनले जनताको जीवनस्तर कागजी कितावमा नभइ वास्तविक रुपमा नै सुधार गर्ने योजना आफूहरूसँग रहेको जनाए ।

अध्यक्ष साहले उम्मेदवार पनि ठीक हुने र व्यवस्थाका साथै नीति पनि सहि ढंगले चल्नेगरि देशलाई अघि बढाउन जनताहरुले पनि गम्भीर भएर निर्वाचनमा मत प्रयोग गर्नुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here