ज्योति विकास बैंककाे विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता

7

काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौं रातोपुलस्थित रोयल क्लिनिङ सर्भिसेज एन्ड सप्लार्यसमा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त कम्पनीबाट उपलब्ध विभिन्न सफाइ तथा सम्बन्धित सेवाहरूमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

व्यावसायिक दक्षता, गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको यस कम्पनीले घर, कार्यालय तथा व्यावसायिक स्थानहरूका लागि भरपर्दो र प्रभावकारी सफाइ सेवा प्रदान गर्दै आएको छ ।

ज्योति विकास बैंकका ग्राहकहरूलाई उक्त कम्पनीबाट सोफा तथा अपहोल्स्ट्री सफाइ, शौचालय सफाइ, चिम्नी सफाइ, पानी ट्यांकी सफाइ, किरा नियन्त्रण (बेडबग), एसी सर्भिसिङलगायतका विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने भएको छ ।

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ ।

आफ्नो खुद नाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याइ समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।

स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ७० वटा न्यानो नानीमार्फत हरेक वर्ष दुई हजार पाँच सय ९० भन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ ।

यस्ता जीवन रक्षण गर्ने प्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ । यस विकास बैंकले राष्ट्र प्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा ४१ करोड रुपैयाँ करमा योगदान पुर्याएको छ ।

बैंकले हाल उपत्यका र उपत्यकाबाहिर गरी हाल एक सय १८ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here