भरूवा बन्दुक बरामद

20

 

काठमाडौं । कास्की, माछापुच्छ्रे गाउँपालिका-२ नेपाङ जंगलबाट भरूवा बन्दुक ३ थान शनिबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेका उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

प्युठान, ऐरावती गाउँपालिका-६ रिडि खोला सामुदायिक वनबाट भरूवा बन्दुक १ थान शुक्रबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी चुजाठाटीबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here