रुपा महर्जकाे चुनावी संकल्प–पत्र सार्वजनिक

43

काठमाडौं । काठमाडौं क्षेत्र नंं १० बाट नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार बनेकी रुपा महर्जन श्रेष्ठले आफ्नो चुनावी संकल्प–पत्र सार्वजनिक भएकाे छ । संकल्पपत्रमार्फत उनले विकास निर्माण गर्ने तथा सामाजिक क्षेत्रमा परिवर्तन ल्याउने घोषणा गरेकी छन् ।

जनताको सडकको आवाज सदनमा पुर्याउने उद्देश्य लिएकी उनले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कठोर संघर्षको बुँदामा जेनजी आन्दोलनको मर्मलाई आत्मसात गर्दै ‘म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्नँ’ उदघोषसँगै राजनीतिक दलका नेता तथा पदाधिकारीको सम्पति सार्वजनिक गर्ने अठोट गरेकी छन् । उनले भूमि अधिकार तथा विस्थापनविरुद्ध स्पष्ट अडान लिएकी छन् । भूमिमाथिका गैरन्यायिक मापदन्ड तथा विस्थापनविरुद्ध निरन्तर संघर्ष गर्ने उनको संकल्प छ ।

विश्वबिद्यालय क्षेत्रको संरक्षण र स्मार्ट शैक्षिक हबको रुपमा त्रिभूवन विश्वविद्यालयलाई लैजाने उनको अर्को एक महत्वपूर्ण संकल्प हो । उनको संकल्पलाई हेर्ने हो भने उनले क्षेत्र नं १० को मुहार फेर्ने चाहेको प्रष्ट देखिन्छ । भनाइ र गराइमा अन्तर हुने परिप्रेक्ष्यमा उनले यो पटक भने गरेरै देखाउन चाहेको उनको संकल्पका बुँदाबाट स्पष्ट हुन्छ । उर्जाशील रुपा माओवादी जनयुद्धको बेलामा राज्यले बेपत्ता पारिएकी सुचेन्द्र श्रेष्ठकी पत्नी हुन् ।

युवाअवस्थामै चुरा लाउने कि नलाउने राज्यबाट स्पष्ट नपारेकी रुपा महर्जन युवा, महिला र जनजाति सबै जनताको प्रतिनिधित्व गर्ने अगुवा हुन् । पत्रकारितामा पनि लेखन, सम्पादनलगायत जिम्मेवारी लिएकी रुपा महर्जन उद्यमी महिलाहरुको लागि प्रेरणाको स्रोत पनि हुन् । कीर्तिपुरमा बुवाआमाको र चन्द्रागिरीमा पतिको घर जोडिएकोले यो पटकको चुनावमा उनी पनि एक दाबेदार उम्मेदवार हुन्  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here