लागू औषध सहित २ व्यक्तिलाई नियन्त्रणमा लियाे

21

काठमाडौं । पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका ७ बाट प्रहरीले लागू औषध सहित २ व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
प्रतापपुर गाउँपालिका अन्तर्गत सुर्यपुरा स्थित गण्डक नहरको बाटोमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको मोटरसाइकलको पछाडि सवार व्यक्तिले देब्रे साइड तिर वाकिटकी जस्तो देखिने वस्तु झुन्डिएको देखि प्रहरीले शंका लागि चेकजाँच गर्दा २ पुडिया ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम,२४ मिलिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी विरदत्त पन्तले जानकारी दिएका छन।
गुठीप्रसौनी प्रहरी चौकीका प्र.स.नी.
रामनरेश गुप्ताको कमान्डमा रहेको प्रहरी टोलीले लु.१६प२४३ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिलाई चेकजाँच गर्दा विनयी त्रिवेणी ७ बस्ने वर्ष ३२ को अभिनास र सोही ठाउँ बस्ने वर्ष ३६ को रुपक गुरुङबाट वाकीटकी जस्तो देखिने वस्तु सहित ब्राउन सुगर बरामद गरेको प्रहरीले बताएको छ।
प्रहरीले नियन्त्रणमा लिएका दुवै अभियुक्तहरुलाई हिरासतमा राखी थप कानुनी कारवाही भैरहेको पनि प्रहरीले जानकारी दिएकोे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here