सवारी दुर्घटनामा तीन जनाको मृत्यु

13

 

काठमाडौं । सर्लाही, बरहथवा नगरपालिका-१ नागमन्दिर नजिक सडकमा ज.१ त ४५२० नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ३० वर्षीय भोला सहनीको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नगर अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर, बागमती गाउँपालिका-८ तल्लो भवानीस्थित सडकमा फापरबारीबाट हात्तीसुडेतर्फ जाँदै गरेको प्र.३-०२-००५ प १००८ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा चालक बकैया गाउँपालिका-८ बस्तिपुर बस्ने ४० वर्षीय प्रेम बहादुर गोलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पताल मकवानपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दाङ, राजपुर गाउँपालिका-४ मोतीपुरस्थित सडकमा रोहिनियाबाट मोतीपुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको ट्याक्टरबाट खसेर सोही गाउँपालिका-४ रोहिनिया बस्ने ४५ वर्षीय हरि प्रसाद चौधरीको सोमबार राति मृत्यु भएको छ ।  ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको   छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here