बीबीसी डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण

11

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनको मुखैमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको टिप्पणी गरेका छन्।

पोखरेलले उक्त सामग्री केवल सञ्चार सामग्री मात्र नभई नेपालको आन्तरिक राजनीतिमा बाह्य भूराजनीतिक चलखेलको एउटा प्रमाण भएको टिप्पणी गरेका हुन्।

उनले नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रिया र निर्वाचन जस्तो संवेदनशील समयमा यस्ता सामग्री बाहिर आउनुलाई ‘नियोजित हस्तक्षेप’ को रूपमा विश्लेषण गरेका छन्। सूचनाको स्वतन्त्रता अपरिहार्य भए तापनि त्यसको समय र उद्देश्य पारदर्शी हुनुपर्नेमा उनको जोड छ।

‘लोकतन्त्रको रक्षा नेपाली जनता आफैँले गर्ने विषय हो, यसमा बाह्य प्रभाव अस्वीकार्य हुन्छ’, उनले फेसबुकमा लेखेका छन्, ‘नेपालको सार्वभौमिकता रक्षा गर्नु हामी सबैको साझा जिम्मेवारी हो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here