सामाजिक सञ्जालकाे दुरुपयोग गरे सजायको भागिदार हुनुपर्ने

26

काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा भएका गतिविधिलाई निगरानीमा रहेको छ । दुरुपयोग गरे सजायको भागिदार हुनुपर्ने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी भन्छन्, ‘अन्तिममा उम्मेद्वाहरुले विभिन्न हल्लाहरू पनि चलाउन सक्छन्, शुभेच्छुक र शुभचिन्तकहरूले त्यस्ता सामग्रीहरूको दुरुपायेग पनि गर्न सक्छन् । यदी त्यस्तो दुरुपयोग भएको छ भने उम्मेदवार र सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पनि सजायको भागिदार हुनुपर्छ ।’

सबै सरोकारवालाहरू सचेत भएर पहिला सामाजिक सञ्जालमा संप्रेषण भएको समाचार सही हो की गलत हो त्यो छुट्याइदिन पनि आयोगले आग्रह गरेको छ ।

‘जहाँसम्म सामाजिक सञ्जालका पेचिला सवालहरू आए, हामी सुरुदेखि नै यसमा सचेत छोँ । कसैले समाजिक सञ्जाललाई गलत ढंगले परिचालन गरेर आफ्नो निश्चित उद्देश्य पूरा गर्नका लागि सामाजिक सञ्जालमा प्रचारप्रसार गर्नुभएको छ भने त्यो हटाइदिनुस् भनेर हामीले पटकपटक आग्रह गरेका छौँ,’ भण्डारी भन्छन्, ‘मौन अवधिको समयमा झन् त्यस्ता सामग्रीहरू प्रकाशन भयो भने त्यो स्रोतको खोजी गरेर,कहाँबाट त्यो प्रवाह भएको छ, त्यो स्रोतलाई नै कारबाही गर्ने हाम्रो लक्ष्य रहेको छ ।’

भण्डारीले भनेका छन्, ‘सबैले अनुशासनको लयमा बसेर कार्यसम्पादन गरिदिनुस्, मौन अवधिलाई मौन नै बसेर स्वीकार गरिदिनुस् । स्वच्छ भएर, सोचेर मतदान कार्यमा सहभागी हुनुस् ।’

मतदान आगामी बिहीबार हुँदैछ । आयोगका अनुसार मतदानको कार्य सम्पन्न भएपनि आयोगले जतिसक्दो छिटो मतपेटिका संकलन गरेर मतगणणा गरी नतिजा प्रकाशन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here