काठमाडाैं । नेपाल मजदुर किशान पार्टीमा भाेट दिनु भएकाे सम्पूर्ण मतदाताहरूलाई प्रेम सुवालले प्रेस वक्तव्य मार्फत धन्यवाद दिएका छन् ।
पुँजीवादी संसदीय निर्वाचनबाट समाजवाद आउँदैन । तथापि, नेपाल मजदुर किसान पार्टीले देश र व्यापक जनताको सेवा एवम् हितका लागि प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी संघ-संस्थाहरूमा पनि गएर काम गर्ने नीति लिई पञ्चायतकालदेखि नै नि:स्वार्थरुपले सङ्घर्ष गर्दै आएको नेपाली जनतामा विदितै छ ।
यही भावनालाई आत्मसात् गर्दै नेमकिपाले फागुन २१ गते सम्पन्न निर्वाचनलाई पनि उपयोग गरेको हो । यो निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह मादलमा आफ्नो अमूल्य मत दिएर पार्टीप्रति गर्नुभएको विश्वासका लागि सम्पूर्ण मतदाताहरूमा आभार व्यक्त गर्दछौं ।
पार्टीले यो निर्वाचनको नतिजाबारे समीक्षा गर्ने विश्वास सम्पूर्ण मतदाता र शुभचिन्तकहरूलाई दिलाउँदछौं । देशको स्वाधीनता र जनताको हितका लागि कार्य गर्न निर्वाचनमा विजयी सम्पूर्ण उम्मेदवारहरूलाई नेमकिपा बधाई तथा शुभकामना व्यक्त गर्दछ ।
नेमकिपा देशको सार्वभौमिकता र जनताको सर्वोपरी हितका लागि सरकारलाई सडकबाट निरन्तर खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । आगामी दिनमा पनि नेपाल मजदुर किसान पार्टी देश र जनताको नि:स्वार्थ सेवामा सदैव लागिरहने छ ।



















