करिब २ सय १७ किलो गाँजा बरामद

11

सुनसरी । हरिनगरा गाउँपालिका-३ बाट अवैध लागूऔषध गाँजा करिब २ सय १७ किलो बुधबार राति प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय हरिनगर समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ गौतमपुरबाट हरिनगरातर्फ जाँदै गरेको प्र.१-०२-००४ ह ५६३९ नम्बरको सिटि सफारी छाडी चालक फरार भएपश्‍चात सिटि सफारी तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार सिटि सफारी चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here