खाना पकाउने ग्यासकाे अभाव

29

 काठमाडौं । मध्यपूर्वको तनावले नेपालमा पनि खाना पकाउने ग्यास आपूर्ति प्रभावित भएको छ । कतिपय ग्यास बिक्री डिपो बन्द छन् । सीमित खुलेका डिपोहरुमा उपभोक्ताहरुको लामो लाइन देखिन्छ ।

आज बिहान यस्तै लामो लाइन बालाजु उद्योगिक क्षेत्रमा देखिएकाे छ। बिहानैदेखि उपभोक्ताहरु रित्ताे सिलिण्डर बोकेर लाइनमा बस्न बाध्य भएका छन् । कतिपय ग्यास भरिएको सिलिण्डर किनेर फर्किएका छन् । तर ग्यास पाउनेहरुको संख्या सीमित छ ।

अमेरिका, इजरायल र इरानबीच जारी लडाइँका कारण खाडी देशहरु पनि तनाव चुलिएको छ । इरान, युएई र ओमानसँग सीमा जोडिएको समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ पनि लडाइँबाट प्रभावित भएपछि सो बाटो हुँदै ग्यास र पेट्रोलियम पदार्थ ढुवानी प्रभावित भएको छ । जसको असर विश्वभरै देखा परेकाे छ ।

नेपालमा भारत हुँदै ग्यास र तेल आयात हुने गर्दछ । तर भारतमै आपूर्ति प्रभावित हुँदा त्यसको असर नेपालमा पनि परेको छ । पेट्रोलियम पदार्थको बिक्री वितरणको व्यवस्था मिलाउने नेपाल आयल निगमले समस्या समाधानको प्रयास गरे पनि सफल हुन सकिरहेको छैन । अधिकांश उपभोक्ताले ग्यास अभाव भोगेको गुनासो गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here