मृत अवस्थामा फेला

16

 

काठमाडौं । सुनसरी, इनरूवा नगरपालिका-१ पुर्व टोल बस्ने २३ वर्षीया खुस्बु देवी साह आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

चितवन, राप्ती नगरपालिका-१० दर्लामी टोलस्थित जेठार खोलामा सोही नगरपालिका-५ मङ्गलटारी बस्ने ६८ वर्षीय लालबहादुर छुमी बुधबार मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-६ बस्ने ६० वर्षीय सुर्य बहादुर खत्री बाह्रबिसे नगरपालिका-९ प्यारीस्थित खोल्सामा बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

सिराहा, औरही गाउँपालिका-५ स्थित पोखरीमा हाल नाम, थर  र वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिला  बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here