सवारी दुर्घटनामा एक जनाको मृत्यु

16

 

सुनसरी । कोशी गाउँपालिका-४ कोशी कटान छेउस्थित सडकमा स.१ च ९२१ नम्बरको स्कारपियो र मधेश प्र.०६-००१ प ०९५२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सप्तरी बिष्णुपुर गाउँपालिका-२ बस्ने २८ वर्षीय संजय साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सुनसरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई गोल्डेन अस्पताल रिफर गरिएको छ ।

प्रहरीले स्कारपियो चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धममा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here