शिवराज र कजिनाको आवाजमा “धर्ती आकाश” सार्वजनिक

12

काठमाडौं ।चर्चित सेक्साफोनिष्ट, संगीतकार तथा गायक शिवराज गौतम र नवगायिका कजिना ढकालको सुमधुर स्वरमा सजिएको “धर्ती आकाश” बोलको गीत सार्वजनिक गरिएको छ।

मैतिदेवीस्थित डोरी रेष्टुरेन्टमा कलाकार, पत्रकार तथा विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा आयोजित कार्यक्रममा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतमा शब्द र संगीत स्वयम गायक गौतमकै रहेको छ। गीतको संगीत संयोजन आकाश रनपालले गरेका हुन् भने मिक्सिङ–मास्टरिङ रुबिन मगरको रहेको छ।

गायक शिवराज गौतमकै निर्देशनमा तयार पारिएको भिडियोमा नायिका तथा मोडल आयुष्मा कार्कीसँगै नव प्रतिभा मगिस गौतमको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन तथा सम्पादन उस्ल कार्कीले गरेका छन् भने कलरिङ जोन किराँतीको रहेको छ। प्रोडक्सन इगल आईको रहेको छ।

उक्त भिडियो थुमन शर्मा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here