काठमाडौं । धनुषा, सबैला नगरपालिका-९ स्थित सडकमा प्र.२-०२-००२ प २६७७ नम्बरको मोटरसाइकलाई म.प्र.०२-००१ ज ०१०४ नम्बरको गाडीले सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सहिदनगर नगरपालिका-१ कुमकरन बस्ने ३० वर्षीय सरोज यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, जहदा गाउँपालिका-१ भुटाहास्थित सडकमा बीआर ३८ के २८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक भारत बिहार घर भएका ३५ वर्षीय श्रवण राजवंशीको घटनास्थलमै मृत्यु भएको छ ।
अर्घाखाँची, पाणिनी गाउँपालिका-८ कोलडाँडास्थित सडकमा लु.५ त १७५ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा चालक कपिलवस्तु घर भएका ४० वर्षीय पन्तराम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
सर्लाही, कविलासी नगरपालिका-८ कविलासीस्थित सडकमा म.प्र.०२-००६ प ७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय राम नरेश महतोको सोमबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















