बाजुरा । बुढीनन्दा नगरपालिका-१० डाँडावाडा बस्ने दल बहादुर लुहारको घरमा विद्युत सर्ट भई आइतबार साँझ आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

















