काठमाडौं । स्मार्टफोन ब्रान्ड Infinix ले आगामी मार्च २०, २०२६ मा आफ्नो बहुप्रतीक्षित NOTE 60 सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ। NOTE 60 Pro, NOTE 60 र NOTE Edge समावेश यो नयाँ लाइनअपले नेपाली स्मार्टफोन बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार यो सिरिज सामान्य अपग्रेड मात्र नभई नयाँ श्रेणीको सुरुवात हो, जसले फ्ल्यागशिप स्तरका फिचरहरू किफायती मूल्यमा उपलब्ध गराउँदै महँगा स्मार्टफोनहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ।
“Suit Up, देशको NOTE” अभियानअन्तर्गत प्रस्तुत गरिएका NOTE 60 Pro र NOTE 60 उच्च प्रदर्शन, भरपर्दोपन र आकर्षक डिजाइन खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै तयार गरिएको छ । कम्पनीले यी डिभाइसहरूले नेपालमा मिड–प्रिमियम स्मार्टफोन अनुभवलाई पुनःपरिभाषित गर्ने विश्वास व्यक्त गरेको छ।
NOTE 60 Pro मा Snapdragon 7s Gen 4 5G Performance Platform जडान गरिएको छ, जसलाई 3D IceCore VC कूलिङ सिस्टमले सपोर्ट गर्छ। यसले लामो समयसम्म भारी प्रयोग गर्दा पनि फोनलाई स्मूथ राख्ने कम्पनीको दाबी छ।
त्यस्तै NOTE 60 मा Dimensity 7400 Ultimate 5G चिपसेट प्रयोग गरिएको छ, जसले दैनिक प्रयोगका लागि शक्तिशाली र ऊर्जा–किफायती प्रदर्शन प्रदान गर्ने बताइएको छ।
यसैगरी NOTE Edge “Suit Up, with Elegance” सन्देशसहित प्रिमियम डिजाइनमा सार्वजनिक हुँदैछ। यसमा MediaTek Dimensity 7100 5G प्लेटफर्म समावेश गरिएको छ, जसले पावर र स्टाइलबीच सन्तुलन कायम गर्ने कम्पनीको भनाइ छ।
यो सिरिजका प्रमुख विशेषताहरूमा 144Hz 1.5K Ultra HDR Cinematic Display, ६५००mAh क्षमताको दीर्घकालीन ब्याट्री, फास्ट तथा वायरलेस चार्जिङ सपोर्ट, 50MP क्यामेरा (Live Photo Mode सहित) तथा प्रिमियम मेटल डिजाइनका साथ कर्भ्ड डिस्प्ले समावेश छन्।

















