काठमाडौं । मोरङ, बेलबारी नगरपालिका-५ कसेनी बस्ने ६५ वर्षीय भगरू खा थारू र ६० वर्षीय दुधुलाल थान्दारको घरमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा दुबै जनाको गरी करिब २५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
पर्सा, पर्सागढी नगरपालिका-३ बड्नियारस्थित नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















