काठमाडौं । जापानिज कलाकारहरूको अभिनय रहेको “चुलबुल चंचल” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

जनकवि दुर्गालाल श्रेष्ठले रचना गरेको न्ह्यू बज्राचार्यको लय्मा आधारित कारेन शाक्यको सुमधुर स्वर रहेको नेपालभाषाको ‘चुलबुल चंचल’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
कीतिपुरको पांगामा रहेको कीर्तिपुर सिनेप्लेक्समा म्यूजिक भिडियोको प्रिमियर सो गरेर सार्वजनिक गरिएको थियो ।
समाजसेवी एवम् सेवा अभियान संयोजक तथा म्यूजिक भिडियो निर्माता सुनिल कुमार शाक्यको सभापतित्वमा भएको कार्यक्रममा लोककवि नेपाः रत्न राजभाई जकःमिले नबोदित कलाकार एवम् कारेन शाक्यको उज्वल भविष्यको कामना गरेर ‘सुवाः’ शीर्षकको कविता वाचन पश्चात हस्तातरण गरिएको थियो ।
ज्योति म्यूजिक समूहले निर्माण गरिएको ‘चुलबुल चंचल’ म्यूजिक भिडियोका निर्देशक विश्वास बज्राचार्य तथा भने कोरियोग्राफी रोहिया महर्जनले गरेको हो । म्यूजिक भिडियोको सह–निर्देशन सविनरत्न शाक्य, पोष्ट प्रोडक्सन विजनराज बज्राचार्य गरेको थियो भने । यस म्यूजिक भिडियोमा अभिनय तथा गायन कारेन शाक्यका साथै जापनीज मिसामचापिं युकाको यामामाटो व मिक्का कानेयुकीहरूको सुन्दर नृत्य तथा अभिनय रहेको छ ।
साे म्यूजिक भिडियाेकाे प्रिमियर साे हेर्नु भएका विद्या श्रेष्ठले नेपाल र जापानबीचकाे अझ बढी प्रगाढ सम्बन्ध स्थापनामा अमूल्य याेगदान हुने धारणा समेत राखेका थिए ।
भिडियाे तलकाे लिंकमा गएर हेर्न सक्नु हुने छ ।



















