नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरियतामा  सुधार

7

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरियतामा  सुधार आएको छ। फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार नेपालले आफ्नो स्थानमा सात तहको सुधार गर्दै १७५ औँ स्थान सुरक्षित गरेको हो। यसअघि नेपाल १८२ औँ स्थानमा खुम्चिएको थियो।

अचम्मको कुरा के छ भने, पछिल्ला पाँच खेलमा नेपालले एउटै पनि जित निकाल्न सकेको छैन। तीन खेलमा हार र दुई खेलमा बराबरीको सामना गरेको टोलीले अक्टोबरमा भियतनामविरुद्धका दुई खेल र नोभेम्बरमा मलेसियासँगको खेलमा पराजय भोगेको थियो। त्यस्तै, बंगलादेशसँगका दुई मैत्रीपूर्ण खेलमा भने नेपाल बराबरीमा रोकिन पुगेको थियो।

फिफाले आगामी अप्रिल १ तारिखमा आधिकारिक वरियता सार्वजनिक गर्ने तयारी गरे पनि आफ्नो वेबसाइटमार्फत नेपालको यो नयाँ प्रगति देखाएको हो। दक्षिण एसियाली देशहरूको वरियतामा यस सुधारले नेपाली समर्थकमा केही उत्साह थपेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here